विराटनगर, ९ पुस । समाजसेवी रेखबहादुर भट्टराई र गङ्गादेवी भट्टराईले रु पाँच लाखको चेक विराटनगर महानगरपालिका–३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिलाई आज हस्तान्तरण गर्नुभएको छ ।
सो रकम अक्षयकोषमा राखी आर्जित ब्याजबाट विभिन्न विधाका बहुआयामिक प्रतिभालाई सम्मान गरिने उद्देश्य छ ।
समितिका संस्थापक अध्यक्ष भट्टराईले समितिका लागि जग्गा खरीद, भवन निर्माण र अन्य कार्यहरु गरिसक्नुभएको र अहिले समितिको अक्षयकोषमा सो रकम जम्मापछि संस्थाले अझ रचनात्मक काम गर्ने समितिका अध्यक्ष मीना जोशीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्