काठमाडौं, १० पुस । राजधानीको विजुलीबजार पुल नजिक रहेको विद्युत पोलमा आगलागी भएको छ । अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण केहीबेर सो क्षेत्रको यातायात प्रभावित हुनुका साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो।
राजधानीमा यत्रतत्र टाँगिएका अव्यवस्थित तारका कारण करेन्ट सर्ट भएर बेलाबेलामा आगलागीका घटना हुँदै आएका छन् ।
आगलागी बाट कुनै मानविय क्षेती नभए पनि उक्त क्षेत्रको विद्युत आपूर्ती समेत बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्