ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर कलङ्की सडक मर्मत अवधि शुरु


एबीसी न्यूज
१० पुस २०७५, मंगलबार   ५ : १६   बजे

ललितपुर, १० पुस । कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएकोे सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

उक्त सडकखण्ड निर्माणका लागि सरकारसँग गरेको सम्झौताको म्याद यही डिसेम्बर १५ सकिएकोे इञ्जीनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी एक वर्षसम्म यो सडकमा कुनै पनि समस्या आउँदा मर्मतको काम ठेकेदार कम्पनीले नै गर्नेछ । उहाँले भन्नुभयो, “सडक कतै भत्कने कतै कालोपत्रे उक्कनेलगायत कुनै पनि समस्या आउँदा ठेकेदार कम्पनीले नै समाधान गर्नुपर्छ ।”

चिनियाँ सरकारको आर्थिक सहयोगमा उक्त कम्पनीले ४० महीनाभित्र निर्माण गर्ने गरी सम्झौता भएकामा भूकम्प र नाकाबन्दीले काम ठप्प भएकाले सरकारले यो वर्षसम्मका लागि समय बढाएको थियो ।

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको कलङ्कीमा जाम नहुने र ‘अण्डर पास’का कारण सुविधाजनक मानिएको छ ।

यो सडक निर्माण हुनासाथ चीन सरकारले कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा समेत चासो देखाएको छ । सडक विभागले अहिले यो सडकको सम्भाव्यता अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group