ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकेट मार्ने क्रममा बीरगञ्जबाट चितवन आइपुगेका २ जना केटी पक्राउ


एबीसी न्यूज
१० पुस २०७५, मंगलबार   ६ : २७   बजे

चितवन, १० पुस । बसमा यात्रारत यात्रुहरुलाई पकेट मार्दै गरेको अवस्थामा दुई महिला पक्राउ परेका छन् । बीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको बसमा यात्रारत महिलाको पाकेट मार्दामार्दै इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले २ जना महिलालाई पक्राउ गरेको हो ।

भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव पक्राउ परेका हुन् ।

बसमा यात्रारत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको उनले जानकारी दिए । उनीहरु अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन् ।

पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो । सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकका प्रहरीहरु बसमा खटाइएको उनले बताए ।

अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिए । लामो रुटका बसहरुमा महिलाहरुलाई पाकेट मार्नको लागि महिलाहरु नै सक्रिय रहने आशंका गर्दै सुरक्षा जाँच र गस्तीमा समेत प्रहरीहरु खटाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group