धनकुटा,११ पुस । जापानमा एक नेपाली युवकको आकस्मिक निधन भएको छ । केही महिना अघि मात्र पर्यटक भिषामा जापान गएका धनकुटा सहिदभूमि ३ छिन्ताङका २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा मृत्यु भएको हो । उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन नभएको परिवारजनले बताएका छन।
पारिवारिक स्रोतका अनुसार राईको जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा सामान्य अवस्थामा साँझको खाना खाएर सुतेकै अवस्थामा गएको आइतबार मृत्यु भएको हो।
किरात राई यायोक्खा जापानका सल्लाहकार सञ्जीव राईले बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेर सामान्य अवस्थामा सुतेको राईको बिहान मुत्यु भएको जानकारी दिएको छिन्ताङका स्थानीय विनोद विष्टले जानकारी दिए । मृतकको राईको शव जापान एक अस्पतालमा पोष्टमार्टम गरिएको र नेपाल ल्याउने तयारी भइरहेको विष्टले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्