ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठोरीवासी भन्छन् : गाउँमै सिंहदरबार आयो


admin
१२ पुस २०७५, बिहिबार   २ : १९   बजे

वीरगन्ज ,१२ पुस । ठोरी गाउँपालिका–४ की कृति श्रेष्ठले घरदैलोमै वंशजको नाताले नेपाली नागरिकता पाउँदा गाउँमै सिंहदरबार आएको अनुभूति गरेकी छिन् ।

ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराचनानी गाउँपालिका तथा पटेर्वा सुगौली गाउँपालिकालाई लक्षित गरी सुपौलीमा इलाका प्रसाशन कार्यालय स्थापना भएपछि कृति श्रेष्ठलाई मात्र होइन सो क्षेत्रका एक लाखभन्दा बढीलाई आफ्नै गाउँठाउँबाट नागरिकता लिन सजिलो भएको छ ।

“उहिले नागरिकता लिनका लागि भारतीय बजार भिखना ठोरी हुँदै नरकटियागञ्ज–रक्सौल पसेर जिल्ला प्रसाशन कार्यालय वीरगञ्ज आउनु पर्दथ्यो,” निर्मल बस्तीका लालबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकता लिन तीन दिन वीरगञ्ज बस्नुपर्ने बाध्यता अब इलाका प्रशासन कार्यालय स्थापना भएसँगै यो समस्या समाधान भएर गएको छ ।”

विसं २०७२ मा तत्कालीन सरकारको निर्णयअनुसार पर्सा क्षेत्र नं ४ को जीरा भवानी गाउँपालिकाको सुपौलीमा बुधबार विधिवत्रूपमा सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको भीड बढ्दैछ ।

नागरिकता बिना वृद्ध भत्ता, सामाजिक भत्ता, विधवा भत्ता, जन्मदर्ता, मुत्यु दर्ताजस्ता समस्या झेलिरहेका यस भेगका जनतालाई इलाका प्रशासन कार्यालयको स्थापना भएपछि सिंहदरबार गाउँमै आएको अनुभूति भएको छ ।

निर्मल बस्तीका मानबहादुर श्रेष्ठले भन्नुभयो, “सरकारले अब यस क्षेत्रमा मालपोत, नापी र भूमिसुधार कार्यालयसमेत स्थापना गर्नुपर्छ ।”बुधबार एक कार्यक्रमबीच पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले कृति श्रेष्ठलाई वंशजको नागरिकता दिँदै इलाका प्रशासन कार्यालयको कामको शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा प्रजिअ भट्टराईले विकासका योजनाहरू शुरु हुने तर सम्पन्न नहुने र सम्पन्न भए पनि गुणस्तरीय नहुने भएकाले यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।

जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो थारूको सभापतित्वमा भएको इलाका प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष उषा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पूर्वसांसद जयप्रकाश थारूलगायत वक्ताहरूले गाउँमै नागरिकता पाउँदा यहाँ बासिन्दा गाउँमै सिंहदरबार आएको अनुभूति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group