ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा क्षेत्र विकास कार्यक्रमको १० लाख रुपैयाँ स्वाहा


admin
१२ पुस २०७५, बिहिबार   २ : ३०   बजे

भद्रपुर, १२ पुस । सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत झापाको भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ स्वाहा भएको छ ।

तत्कालिन संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसंग सीमा जोडिएको आठ वटा जिल्लामा लागु गरेको सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत गत आर्थिक २०७४-७५ मा भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ बाढीले बगाउँदा स्वाहा भएको छ ।

भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासंग जोडिएको झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारी गाउँलाई छुट्टाइएको १० लाख रुपैयाँबाट निर्माण गरिएको कब्जे बाढीले भत्काइ दिएको छ ।

यसबर्ष मेची नदीमा आएको बाढीले कब्जे भत्काइ दिएपछि गाउँमा पहिलो पटक भित्रिएको यत्रो ठूलो रकम खेर गएको स्थानीय बताउँछन् । कब्जे निर्माण गर्नुअघि उपयुक्त स्थान छनौट नगर्दा बाढीले कब्जेमा क्षति पुर्याएको वडा सदस्य अरुण राजवंशीले बताउनुभयो । यो कब्जे इस्टिमेन अनुसार बनाइएको उहाँले बताउनुभयो ।

६ वटा ह्युम पाइपबाट बनाइएको कब्जे अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । कब्जे निर्माण गरिएको भन्दा पूर्व पट्टीबाट अहिले खोला बगेको देखिन्छ ।

मेचीपारीको उत्तरबारी र सतारबस्ती जोड्ने खोलामा स्थानीयलाई आवतजावतमा सहज पुग्ने उदेश्यले सीमा विकासको बजेट कब्जे निर्माणमा खर्च गरिएको थियो । यता भद्रपुर नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारका अनुसार तत्कालिन जिल्ला विकास समिति झापा अन्तरगतको ओएसटिमार्फत कब्जेको इस्टिमेट गरिएको हो ।

कब्जे निर्माण लापरवाही भन्दा पनि ३ नम्बर वडा कार्यालय र गठित उपभोक्ता समितिका पदाधिकारीले उचित स्थान पहिचान गर्न नसक्दा बजेट खेर गएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group