ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवातास खेलिरहेका नौ जना पक्राउ, एक व्यक्ति मृत फेला


admin
१२ पुस २०७५, बिहिबार   २ : ५७   बजे

काठमाडौं, १२ पुस ।  काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा थापासहित नौ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रणसम्बन्धी कार्यशाला 

समुदाय–प्रहरी साझेदारी अवधारणाको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत साइबर सुरक्षा र लागुऔषध विषयमा प्रहरी प्रधान कार्यालयमा आज प्रशिक्षकका लागि कार्यशाला आयोजना गरिएको छ ।

सो क्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने बताउनुभयो ।

उहाँले कानूनको कार्यान्वयनसँगै समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेकाले प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

सामाजिक विकृति, मादक पदार्थ सेवन, सामाजिक सञ्जाल दुरुपयोगले गर्दा आपराधिक गतिविधि बढ्दै गएको चर्चा गर्दै उहाँले यस्ता अपराध न्यूनीकरण गर्न समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group