दाङ,१२ पुस । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा विहीबार देखी दैनिक हवाई सेवा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो ।
दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष पूर्व अध्यक्ष विमल रिजालले बताउनु भयो ।
त्यसैगरी दैनिक विमान सेवा सञ्चालन हुनु दाङमा बासीको खुसीको कुरा भएको स्थानिय बासुदेव आचार्यले बताउनु भयो । २०११ सालमा विमानस्थल बनाउन आफ्ना स्वर्गीय बुवा झग्गु प्रसाद आचार्यको देन भएको भन्दै आज आएर विमान स्थलमा विमान नियमित हुदाँ उहाँको सपना पुरा भएको उहाँले बताउनु भयो ।
दाङमा विमान सेवा नियमित हुने भएपछि यस क्षेत्रका सर्वसाधारणहरुमा निकै उत्साह भएका छन । सातामा ३ पटक हुँदा चाहे अनुसार विमान सेवा लिन सकिएको थिएन अव भने आवश्यक परेको वेलामा चढ्न पाइने भयो, स्थानीय संजय आचार्यले बताउनु भयो ।
यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डेले आफुले निर्वाचनको बेला जनताका माझमा गरेको वाचा पुरा भएको बताउनु भयो ।
तर पटक पटक सञ्चालन हुदै बन्द हुने अबस्थामा रहेको बिमानस्थल अब भने नियमित चल्ने भएको नगर प्रमुख पाण्डेले बताउनु भयो । सानो जहाज र ईन्धन डिपो नहुदाँ दाङवाट काठमाडौँका लागी ५ हजार ८ सय ८० र काठमाडौँवाट दाङ आउदाँ ६ हजार ७० भाडाँ रहेको उहाँले बताउनु भयो ।
त्यसैगरी इन्धन डिपो स्थापनाका लागि अन्तिम पहल भइरहेको भन्दै टर्मिनल भवन निर्माणका लागि टेण्डर समेत भइसकेको उहाँले बताउनु भयो । विभिन्न समयमा निजि कम्पनीहरुका विमानहरुले सेवा दिदै आएता पनि विभिन्न कारणले निरन्तर सेवा दिएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्