काठमाडौं,१२ पुस । काठमाडौंको बूढानीलकण्ठस्थित ‘रिह्याब’ सेन्टरमा प्रहरीले ५१ जना युवतीको उद्दार गरेको छ । विहीबार साँझ कृपाघर भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर युवतीहरुलाई उद्दार गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रिहाव सेन्टरमा रहेकालाई अमानवीय व्यवहारका साथै कुटपिटसम्म गर्ने गरिएको भन्ने उजुरीको आधारमा प्रहरीले छापा मारेको बताए ।
रिह्याबका दुई सञ्चालक र दुई जना कामदारलाई समेत पक्राउ गरिएको बोगटीले बताएका छन । पक्राउ पर्ने सञ्चालकमा सन्तोष गौचन र श्रुति गुरुङ रहेका छन् । कामदारको नाम भने खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्