काठमाडौं, १३ पुस । काठमाडौंको बालाजुमा माटो बोकेको टिप्पर दुर्घटना भएको छ ।
शुक्रबार बिहान भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्दै आएका एकजनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहान पाँचबजे भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्ने धादिङको धुनिलेखी नगरपालिकाका ५८ वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको हो भने उनकी श्रीमती ५७ वर्षीया सानोनानी बिसुंखे गम्भीर घाइते भएकी छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते रहेका दलबहादुरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान बालाजुको बाइपासमा माटो बोकेको टिप्पर टयाक्सीसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मुड्खु भज्याङबाट एयरपोर्टको लागि माटो बोकेर आउँदै गरेको टिपर दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्