एजेन्सी,१३ पुस। पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको छ । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १ सय ७२ जनामाथि अनुसन्धान गरिएको छ ।
उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको छ । ‘अनुसन्धानको सूचीमा रहेका १ सय ७२ जना सवैलाई देश बाहिर जान नपाउने गरी प्रतिवन्ध लगाइएको छ । जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए ।
उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् । जर्दारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको ११ औं बार्षिकी बनाउ“दै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्