नेपालगन्ज,१३ पुस । डिएसपीलाई ५० हजार घुस दिन खोज्ने दुई जना गोरु तस्करलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।
आज शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि दुई गोरु तस्करलाई प्रहरीले रकमसहित पक्राउ गरेको थियो ।
डिएसपी रमेशबहादुर सिंहका अनुसार रकमसहित पक्राउ पर्नेहरुमा हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र बाँके कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा रहेका छन् । ‘सबै ठाउँमा मिलिसक्यो तपाई यो पैसा लिनुस्’ भन्दै आफ्नो कार्यकक्षमा आएका गोरु कारोबारीहरुलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
बिहीबार मात्र नेपालगन्जमा पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीहरुलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्या चलाउन निर्देशन दिएका थिए । कोहलपुर गोरु तस्करी गर्ने गिरोहरुको मुख्य नाइके मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्