सिरहा, ४ असोज । सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादीबाट मेयरको उम्मेदवार बनेका गंगा पासवान ४ हजार ३ सय ९ मत सहित मेयर निर्वाचिनत भएका छन् । त्यस्तै, उपमेयरमा ज्ञानु श्रेष्ठ ४ हजार ३ सय १३ मत सहित विजयी भएकी छिन् । प्रतिस्पर्धामा रहेका नेकपा एमालेका मेयरका उम्मेदवारले ३ हजार १ सय ८० मत प्राप्त गरेका थिए भने उपमेयरका उम्मेदवारले २ हजार ९ सय ४५ मत मात्र प्राप्त गरेका थिए । यो क्षेत्र दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्