दाङ, १४ पुस । दाङमा विभिन्न घटनामा परि दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ ।
दाङको बवई गाउँपालिका ६ पातुखोला निवासी ७० वर्षीया डल्ली बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बोटेले शनिवार बिहान १० बजेतिर चुरोट खाएर सुतिरहेको अवस्थामा बिस्तारामा आगलागी हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।
बोटेको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज दिउसो दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका १६ तल्लो ग्वारखोलामा ब्याट्रि र ईन्भर्टरको प्रयोग गरि माछा मार्ने क्रममा तुलसीपुर ६ रजौराका ४४ बर्षीय अम्मर चौधरीको मृत्यु भएको हो ।
चौधरीको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।
तुलसीपुर ६ रजौराका तीन जनाले माछा मार्ने क्रममा चौधरीको मृत्यु भएको हो , भने अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४५ बर्षीय पुष्कर भण्डारी र ४३ बर्षीय श्रीराम चौधरी रहेको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्