काठमाडौं, १४ पुस । काठमाडौंको महाराजगन्ज चक्रपथ चोकबाट खैरो हेरोईन सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर भासी घर भई हाल काठमाडौं बसुन्धारा बस्दै आएका ३३ वर्षिय सबिन शाही र इलाम देउमाई स्थायी घर भएका र हाल गोंगबु बस्दै आएका ३४ वर्षिय सबिन भन्ने असल लिम्बुको साथबाट खैरो हेरोईनसहित महानगरीय प्रहरी बृत्त महाराजगन्जबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो
शुक्रबार महाराजगन्ज चोकमा सबिन शाहीको साथबाट प्लास्टिकसहित १/१५ तथा प्लास्टिक बाहेक ६० ग्राम खैरो हिरोइन प्रहरीले बरामद गरेको हो ।
त्यस्तै गोंगबुस्थित दिप ज्योति गेष्ट हाउसको कोठा नम्बर ४०२ खान तलासी गर्दा प्लास्टिकसहित ५\८५ ग्राम तथा प्लास्टिक बाहेक ३/९६ ग्राम खैरो हिरोइन र सो जोख्ने डिजिटल मेसिन (तराजु)सहित असल लिम्बु पक्राउ परेका हुन् ।
पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्