ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानकै दिन बङ्गलादेशमा दुईको मृत्यु , बिहान आठ बजेदेखि मतदान सुरु


admin
१५ पुस २०७५, आइतबार   ४ : १८   बजे

ढाका, १५ पुस । बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ ।

मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो ।

“गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले एएफपीसँग भन्नुभयो । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा पनि विपक्षीहरुले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाई छ ।

“उहाँको अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो,” स्थानीय प्रहरी प्रमख जाजिबुल इस्लामले भन्नुभयो । लामो प्रतिपक्षीपछि भएको निर्वाचन अन्तर्गत बङ्गलादेशमा स्थानीय समयानुसार आइतबार विहान आठ बजे मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भइरहेको छ कतिपय हिंसात्मक घटनाहरुका विवरणहरु आउने क्रम जारी रहेको जनाइएको छ ।

अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् ।
विगत केहीदिन देखि हिंसात्मक घटनाहरु बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ । सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्र देखि गाँउगाउँ सम्म खटाइएको छ ।

यस पटकको निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको र अरु हजारौ घाइते भएका थिए ।
प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ ।

मुस्लिम समुदायको बाहुल्यता रहेको यस देशमा अहिले प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेस्नल पार्टी (विएनपी) बीच प्रतिश्पर्धा हुने देखिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आउनु भएको छ भने, विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् ।

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेल हुनुहुन्छ । ७३ वर्र्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुनुहुन्छ भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुनुहुन्छ ।

यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय हुनुहुन्छ । यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनुहुनेछ ।

यसअघि दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ ।

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय तोकिएको र उहाँ अहिले जेलमा हुनुहन्छ । बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनु भएको छैन ।

उहाँको दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group