ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल


एबीसी न्यूज
१६ पुस २०७५, सोमबार   ९ : १५   बजे

 

वीरगञ्ज, १६ पुस।  प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी रु दुई करोड २२ लाख ६८ हजार राजश्व असुल गरेको छ ।

उक्त शीर्षकमा राजश्व असुली भएको अन्य प्रदेशभन्दा प्रदेश नं २ अगाडि रहेको सो कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो ।
प्रदेश नं २ मा बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप तथा सडक सञ्जालको अवस्था चुनौती पूर्ण रहे पनि प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरेको छ ।

चालू आवको मङ्सिर समान्तसम्ममा ४८८ सवारी दुर्घटना भई १२६ पुरुष, ३१ महिला,२२ बालबालिका गरी १७९ को मुत्यु भएको छ भने २४६ सख्त घाइते भएका छन् ।
चालू आवको असार मसान्तसम्ममा ट्रक, बस, कार, जिप, भेन, ट्र्याक्टर, मोटरसाइकल, टेमपोबाट जरिवानाबापत रु छ करोड ७१ लाख ५१ हजार ५०० असुल गरेको बताइएको छ ।

यसैगरी अघिल्लो आव २०७४÷०७५ को असार मसान्तसम्ममा २८८ सवारी दुर्घटना भएकोमा ८३ को मुत्यु भएको थियो भने १७० सख्त घाइते भए भने १५१ सामान्य घाइते भएका थिए । सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी रु चार करोड ७ लाख ३३ हजार राजश्व सङ्कलन गरेको थियो ।

प्रदेश नं २ मा जुन प्रकारले सडक सञ्जालको सङ्ख्या बढी रहेको छ त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्यूनीकरण गर्न विभिन्न प्रकारको चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक बज्राचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu