ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग


admin
१६ पुस २०७५, सोमबार   १० : ३६   बजे

गाईघाट, १६ पुस ।  नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार ८१ हजार १९२ अमेरिकन डलरअर्थात् रु ९० लाख ५० हजार आर्थिक सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष राउतले बताउनुभयो ।

जापानी दूतावासको आर्थिक सहयोगबाट नेत्रज्योति सङ्घको भवन अब तीनतले भएर निर्माण सम्पन्न हुने भएको नेत्रज्योति सङ्घ उदयपुरका प्रतिनिधि बताउँछन् । २८ कोठासहितको उक्त भवन यसै वर्षको चैतसम्ममा निर्माण सम्पन्न भई आगामी वर्षदेखि सञ्चालनमा आउने नेत्रज्योति सङ्घ उदयपुरका उपाध्यक्ष सृजना दनुवार बताउनुहुन्छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहमति र सहयोगमा २०६५ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले हालसम्ममा एक लाख २६ हजार ८३२ आँखाको बिरामीको उपचार गरेको सम्बद्ध पदाधिकारी बताउँछन् ।

त्रियुगा नगरपालिकाको पुरानो भवनमा भाडामा सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले अब आफ्नै बृहत् नयाँ भवनमा सङ्घ सञ्चालन गर्ने भएको छ भने आगामी वर्षदेखि जलबिन्दु, मोतियाबिन्दु जस्ता रोगको समेत शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ ।

हाल नेत्रज्योति सङ्घ उदयपुरमा उदयपुर खोटाङ, भोजपुर क्षेत्रका सोवग्राहीले आँखा उपचारको सेवा लिँदै आएको नेत्रज्योति सङ्घ उदयपुरका प्राविधिक प्रमुख डाक्टर डुल्लीराज तिमल्सिनाले बताउनुभयो । भवन निर्माणको लागि मञ्जुकुमारी चौधरीबाट रु ४० लाख, नेपाल सरकारबाट रु ५० लाख, त्रियुगा नगरपालिका र अन्य दाताबाट रु एक करोडसहित जापानी दूतावासको आर्थिक सहयोगसहित सङ्घको नयाँ भवन निर्माणको लागि रु तीन करोडभन्दा बढीको आर्थिक सहयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu