काठमाडौं,१६ पुस । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै लेखा समूहका कर्मचारीले आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन्। दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै कर्मचारीले कालोपट्टी बाँधेर काम गरेको बताइएको छ ।
‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि नराखिएको कर्मचारी ईश्वरीप्रसाद ढकालले बताएका छन ।
उनीहरूको माग लेखा समूहअन्तर्गत प्रदेश अनि स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्ने बताइएको छ ।
यसअघि सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै सिंहदरबारभित्रै कर्मचारीले घेराउलगायतका आन्दोलन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्