प्युठान ,१६ पुस । कुखुरा बोक्ने पिकअप जिपको ठक्करबाट प्युठानमा एक पैदल यात्रुको मृत्युु भएको छ ।
प्युठान नगरपालिका ७ लिपकोट निवासी करिब ६३ वर्षिय इश्वर सुनारको प्युठान अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
आज बिहान करिब १०:१५ बजे खेतमा काम गर्न निस्केका सुनारको से। १ च २१७३ नम्बरको पिकअप जिपले टक्कर दिंदा मृत्युु भएको हो ।
झिम्रुक गाउँपालिका ५ निवासी चालक १९ वर्षिय अजय पोख्रेलसहित उक्त पिकअप जिपलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी निर्मल बुढाथोकीले बताए ।
प्रतिक्रिया दिनुहोस्