ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा


admin
१६ पुस २०७५, सोमबार   ४ : ०९   बजे

एजेन्सी, १६ पुस । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी भएको छ । कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले नयाँ संशोधित व्यवस्थाका बारेमा आआफ्ना मुलुकमा आवश्यक तयारी पूरा भएको जनाएको छ ।

विगतमा भएको व्यापार सम्झौतामा आवश्यक संशोधन गर्ने सहमति भएबमोजिम अमेरिका र कोरियाबीच व्यापारिक साझेदारीका बारेमा व्यापक छलफल भएको थियो । पुरानो स्वतन्त्र व्यापार सम्झौता सन् २०१२ मा भएको थियो । संयुक्तराज्य अमेरिकाले सवारी साधनको आयातमा असन्तुलन भएको भन्दै कोरियामाथि नयाँ सम्झौता गर्न दबाब दिएको थियो ।

मन्त्रालयले कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा नयाँ संरचनाले थप सुदृढ गर्ने बताएको छ । संशोधित सम्झौता बमोजिम अमेरिकाले आगामी २० वर्षसम्म अर्थात् सन् २०४१ सम्म कोरियामा निर्मित पिकअप ट्रकमा २५ प्रतिशतसम्म करवृद्धि गर्न पाउनेछ ।

साथै, अमेरिकी कारको आयातमा दोब्बर वृद्धि गर्न कोरिया सहमत भएको छ । हाल अमेरिकामा निर्मित २५ हजार थान कारमात्र कोरियाली बजारमा बिक्री गर्न पाइने व्यवस्था छ । अब ५० हजार थान अमेरिकी कारले कोरियाली बजारमा पहुँच पाउनेछन् ।

आायात निर्यातका बारेमा उत्पन्न हुने विवाद सुल्झाउन अझ प्रभावकारी विवाद निरुपण प्रक्रिया अपनाइने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu