काठमाडौं,१६ पुस । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्य डिग्री आसपासमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान पौने नौ बजे उपत्यकाको तापक्रम यो वर्षको सबैभन्दा कम ०.५ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन गरिएको छ ।
अझै केही दिन मौसम शून्य आसपासमै रहनेछ । जाडो महिनामा न्युनतम तापक्रम शून्य आसपासमा रहनु स्वभाविकै भएपनि उपत्यकाको तापक्रम अहिले घट्नुका कारण पश्चिमी उत्तरी हिमाली वायु पनि हो ।
गएको वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा यसवर्ष ० डिग्री सेल्सियसमा झरेको छ । चिसो धेरै भए पनि यो वर्ष हिउदे वर्षा कम भएको छ
प्रतिक्रिया दिनुहोस्