काठमाडौं १७ पुस । बुढानिलकण्ठ नगरपालिका स्थित बुढानिलकण्ठ स्कुलमा महानगरीय प्रहरी बृत महाराजगंजको आयोजनामा बिधालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी बिधालय सम्पर्क कार्यक्रम मार्फत प्र.ना.म.नि.थापा क्षेत्रीबाट उक्त बिधालयमा कक्षाका ९,१०,११ र १२ मा अध्ययनरत ४०० जना बिधार्थीहरुलाई अपराध सुरक्षा , जबर्जस्ती करणी , साइबर अपराध र अपराधबाट जोगिन अपनाउनु पर्ने सुरक्षा सम्बन्धि बिषय बस्तुमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रशिक्षण पश्चात प्रहरी बृत महाराजगंजको बृतको तर्फबाट प्र.ना.म.नि. थापा क्षेत्रीबाट बिधालयका प्रधानाध्यापक केसर खुलाललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्र.अ.बाट कार्यक्रमलाई धन्यबाद दिनु भएको थियो ।
साथै उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.ना.म.नि. ज्युले हालको तथ्यांकलाई केलाउदै गत बर्ष १४८० (Rape) भएकोमा १३६६ केसको सफल अनुशन्धान भएको र ९०% सफलता प्राप्त गरेको सो (Rape) केसमा ६४ % पिडित १८ बर्ष मुनिका बालबालिका रहेको , ६२% जबर्जस्ती करणीका घटना आफ्ना नजिकका चिनचानबाट नै हुने गरेको हुदा सदैब सतर्क रहनु पर्ने , कतै जांदा पनि अभिभाबकको अनुमति लिएर मात्रै बाहिर जान हुन र साइबर अपराधबाट जोगिन सामाजिक संजालको सहि सदुपयोग गर्न र पासबर्डको गोपनियतामा ध्यान दिनु पर्ने तथा साइबर अपराधबाट कसरि सुरक्षित हुन सकिन्छ र अपहरण जस्ता केशबाट कसरि बच्न सकिन्छ जस्ता बिषयमा प्रशिक्षण गर्नुका साथै प्रहरी सर्बब्यापी नभएको र समाज सुरक्षित बनाउन आम नागरिकको समेत उत्तिकै भुमिका रहने हुदा समुदायको सहयोग र सहकार्य बिना प्रहरीको काममा सफलता नआउने भएकाले यस समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदाय र बिधालयहरुमा यस कार्यक्रम ल्याउनु परेको भन्दै कार्यक्रमको आबस्यक्ता र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्