काठमाडौं,१७ पुस । नेपाली पोशाकको प्रवद्र्धन गर्न आह्वान गर्दै नेपालमा अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाइदैँ छ ।
विगत ६ वर्षयता अंग्रेजी नयाँ वर्षको दिन नेपालमा टोपी दिवस मनाउने गरिएको छ । नेपालको संस्कृतिको संरक्षण गर्न समेत टोपी दिवस मनाउन थालिएको हो ।
तर नेपाल र आम नेपालीलाई बिश्व समुदायमाझ चिनाउदै आएको एउटै मात्र पोशाक दौरा सुरुवाल टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि यो काम गलत भएको भन्दै अभियन्ताहरुले नेपाली टोपीलाई विश्वभर चिनाउनका लागी यस्तो कदम चालेका हुन् ।
पहिचानको मुख्य आधार मानिने पोशाकलाई अधिकांश मुलुकले आफ्नो पहिचानका रुपमा सुचिकृत गरेका छन । तर नेपाल र आम नेपालीलाई बिश्व समुदायमाझ चिनाउदै आएको एउटै मात्र पोशाक दौरा सुरुवाल टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएको छ ।
प्रतिक्रिया दिनुहोस्