काठमाडौं,१७ पुस । काठमाडौं महानगरपालिका २६ स्थितबाट पाकेट मार्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं गोंगबु बस्ने नुवाकोट ककनी गाउँपालिका ७ घर भएका २७ वर्षीय विष्णु लामालाई पाकेट मारेको नगद २६ हजार रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्