ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन


admin
१७ पुस २०७५, मंगलबार   २ : ३९   बजे

काठमाडौं,१७ पुस ।  नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयर एवं नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्यसमेत समायोजन गरेका हुन् । सिटिजन्स बैंकले तीन दशमलव छ प्रतिशत शेयर लाभांश वितरण गरेसँगै प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो । सो बैंकको औसत आधारमूल्य रु ३०२ रहेको छ ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि प्रतिकित्ता रु १४३ हुने गरी मूल्य समायोजन गरेको छ । सो बैंकको औसत शेयर मूल्य रु १८६ रहेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि प्रतिकित्ता रु १२० हुने गरी मूल्य समायोजन गरेको छ ।

बैंकको औसत आधार मूल्य रु १७४ रहेको छ । यस्तै समीट माइक्रोफाइनान्स कम्पनीले प्रतिकित्ता रु ७३९ मूल्यमा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार १५७ रहेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले पनि प्रतिकित्ता रु १५४ मा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य रु १२७ रहेको छ । स्टकमा सोमबार चार कम्पनीको शेयरमूल्य समायोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu