ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाले ग¥यो चौँरी वितरण


admin
१७ पुस २०७५, मंगलबार   २ : ४७   बजे

डोल्पा, १७ पुस  । यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसायअनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक घरधुरीले चौँरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

पहिलो चरणअन्तर्गत गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिनुभयो ।

गाउँपालिकाभरिमा १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि व्यवसाय र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने योजनाअनुरुप कूल रु पाँच करोड ६० लाख बराबरको रकम विनियोजन गरेको उहाँको भनाइ छ । प्रत्येक घरधुरीलाई दुई चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ स्थानीय सरकारले नै अनुदान प्रदान गरेको छ ।

अनुदानमा दुई चौँरीगाई दिइएको छ र एउटा कृषकले नै किन्नुपर्ने छ, भने बाख्रापालनका लागि १२ वटा अनुदानमा र आठ कृषकले अनिवार्य किन्नुपर्ने छ । आर्थिक वर्ष २०७५-७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको नायबसुब्बा केशव जैसीले जानकारी दिनुभयो ।

स्थानीय सरकारले एक घर बराबर व्यवसाय गर्नका लागि रु ९६ हजार ६०० बराबर अनुदान दिने जैसीको भनाइ छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहना अनुसार नै अनुदान दिएकाले सरकारको अनुदानको उपलब्धि निकाल्ने स्थानीय भीमबहादुर बस्नेतले बताउनुभयो । केही गरेर आम्दानी गर्न खोज्ने कृषकका लागि सुनौलो अवसर भएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu