ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभत्स हत्या गरी जमिनमा गाडिएको नवजात शिशुको शव फेला


admin
१७ पुस २०७५, मंगलबार   ५ : १८   बजे

झापा,१७ पुस । जन्मिने बित्तिकै हत्या गरी जमिनमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित आइतवारेका स्थानीय शंकर रेग्मीको जमिनमा गाडिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलवार विहान स्थानीय उत्तरवहादुर बुढाथोकी घाँस काट्न जाँदा जमिनमा एउटा खुट्टा निस्किएको शव देखेपछि स्थानीयबासीको भीड लागेको थियो । शिशुको शव फेला परेपछि तत्काल स्थानीयले इलाका प्रहरी कार्यालय बुधबारलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी टोलीले शिशुको शव निकालेर अनुसंन्धान गर्दा शिशुलाई जन्मिने वितिकै सलले घाँटी थिचेर मार्ने प्रयास गरिएपनि नमरेपछि पुनः सुपारीको पातको डोरी बनाई सो डोरीले शिशुको घाँटी थिचेर मारिएकोे प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । विभत्स हत्या गरिएको शिशु कस्ले जन्माएको र किन मारेको भन्ने विषयमा प्रहरीले थप अनुसंन्धान सुरु गरेको छ ।

यता शिशुको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको र त्यहाँ पोष्ट मार्टम हुन नसके धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu