नुवाकोट, १८ पुस । बिदुर नगरपालिका १० गेर्खुटारमा मंगलबार साँझ सुख्खा पहिरोमा परी सोही ठाउँ बस्ने ७३ वर्षीय प्रेमकुमारी तामाङको मृत्यु भएको छ ।
पहिरोमा परेर गम्भीर घाइते भएकी प्रेमकुमारीको जिल्ला अस्पतालत्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै सोही पहिरोमा परेर घाइते भएकी सोही ठाउँ बस्ने ५६ बर्षीय रामकुमारी तामाङलाई जिल्ला अस्पताल त्रिशुली हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल काठमाडौ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक उद्दार कार्य एवम् अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्