ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै


admin
१८ पुस २०७५, बुधबार   २ : १८   बजे

नेपालगन्ज, १८ पुस । दलालहरुले नयाँ-नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ ।

“रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल
सधैँ एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ” माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला बताउनुहुन्छ ।

पहिले गरीब घरपरिवारका महिला तथा बालिकालाई दलालले बिक्रीका लागि तारो बनाउथे भने अहिले धनी वर्गका महिला तथा बालिकाहरु समेत बेचिने गरेका छन् ।

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गरेर महिला र बालबालिकालाई रोजगारीका नाममा प्रलोभनमा पारी दलालहरुले भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो ।

सञ्चार प्रविधिमा दलालले अहिले ‘इमो’को प्रयोग गर्दै आएका छन् ।
विगत एक वर्षको अवधि (सन् २०१८) मा माइती नेपाल क्षेत्रीय कार्यालय, नेपालगञ्जले भारत, दुबई र कुवेतवाट श्रम र यौन शोषणमा परेका ८२ जनाको उद्धार गरेको तथ्याङ्कले पनि मानव बेचबिखनको अवस्था पछिल्लो समय अझ जटिल बन्दै गएको देखाएको छ ।

सो अवधिमा सबैभन्दा बढी बाँकेबाट २१०, सुर्खेतबाट ११०, दाङबाट ११९ र बर्दियाबाट ९७ जना जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई नेपाल—भारतको सीमा क्षेत्रबाट माइती नेपालले उद्धार गरेको थियो ।

त्यस्तै जोखिमपूर्ण यात्रा गर्नेमा प्रदेश नं– ५ कर्णाली र सुदूरपश्चिम क्षेत्रका अन्य जिल्लाका महिला, युवती र बालिका धेरै रहेको संयोजक कोइराला बताउनुहुन्छ । मानव बेचबिखन रोकथाममा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट अनेकन प्रयास भए पनि सार्थक परिणाम आउन सकेको छैन् ।

‘छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुनु, मानव बेचबिखनको सवाल राजनीतिक पार्टीका मुद्दा बन्न नसक्नु, सरकारले भरपर्दो संरचना निर्माण गर्न नसक्नुका कारण रोकथामका लागि अनेकन प्रयास भए पनि परिणाम सोचे जस्तो आउन नसकेको हो’–नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको बुझाइ छ ।

माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार, विगत एक वर्षको अवधिमा प्रदेश नं- ५ कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई बाँकेको नेपाल—भारत सीमा नाकाबाट उद्धार गरिएको छ ।

एक वर्षको अवधिमा हराएका परिवारका सदस्यको खोजीका लागि माइती नेपाल क्षेत्रीय कार्यालयमा ८७५ जनाको निवेदन पर्नुले मानव बेचबिखन रोकथाम थप जटिल भएको सहजै बुभ्mन सकिन्छ । त्यस अवधिमा परेको निवेदनमध्ये १४० जना मात्रै फेला परेका छन् ।

नेपालको कानूनले मानव बेचबिखनलाई गम्भीर प्रकृतिको फौजदारी अपराधको सूचीमा राखेको छ । मानिसलाई किन्ने वा बेच्नेलाई २० वर्षसम्मको कैद र रु दुई लाखसम्मको जरिवाना तोकेको छ । यसैगरी, मानिसलाई किन्ने वा बेच्ने उद्देश्य राखी अन्यत्र लैजानेलाई १० देखि १५ वर्ष सम्मको कैद र रु ५० हजारदेखि रु एक लाखको जरिवानाको व्यवस्था गरेको छ ।

‘कानूनले सजायको यति कडा व्यवस्था गरे पनि न्यायको प्रक्रिया झन्झटिलो हुँदा अधिकांश पीडित अदालतको ढोकासम्म पुग्न चाहदैनन् र आपसमै कुरा मिलाएर घटना सामसुम पार्ने गरेका छन्’—अधिवक्ता वसन्त गौतमको अनुभव छ ।

मानव बेचबिखन रोकथाम प्रभावकारी नहुनुमा पीडक राजनीतिको प्रभावमा रहनु पनि एउटा महत्वपूर्ण कारण हो ।

‘पक्राउ परेका दलाल कुनै न कुनै राजनीतिक पार्टीको नजिक हुनुले कारवाही प्रक्रिया शुरु हुनासाथ दबाब, पीडितलाई मिलापत्र गर्न धम्की दिने, परिवारका सदस्यलाई तर्साउने, आर्थिक प्रलोभन दिने गरेकाले नै मानव बेचबिखन चुनौती बनेको छ’—संयोजक कोइरालाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group