ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम


admin
१८ पुस २०७५, बुधबार   ४ : ०७   बजे

काठमाडौं,१८ पुस ।  महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।

सरकारी वकिल कुनै पनि विषयमा पोख्त नहुँदा प्रायः सरकारी पक्ष मुद्दा हार्ने गरेको थियो । महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकार पक्षका मुद्दामा सरकारी वकिललाई प्रभावकारी रुपमा बहस गराउनको लागि तालीम दिएको बताउनुभयो ।

“विश्वविद्यालयको पाठ्यक्रममा कानूनका सामान्य कुरा मात्र पढाइ हुन्छ । मुद्दासम्बन्धी केन्द्रित गरेर पढाइ हुँदैन” उहाँले भन्नुभयो, “त्यसैले सरकारी पक्षबाट मुद्दा लड्ने सरकारी वकिललाई प्रभावकारी रुपमा प्रस्तुत हुनका लागि तालीम आयोजना गरिएको हो ।

कार्यालयका प्रवक्तासमेत रहनुभएका रेग्मीले तालीमपछि सरकारी पक्षका मुद्दा प्रभावकारी भएको बताउनुभयो ।

उहाँका अनुसार पञ्चवर्षीय योजनामा कार्यालयले संवैधानिक कानून, राजश्व कानून, भ्रष्टाचारसम्बन्धी कानून, सङ्गठित अपराध, बैंकिङ कसुर, साइवर अपराध र कर्मचारीको सेवासम्बन्धी कानूनमा तालीम दिइने छ ।

कार्यालयले जनसरोकारका अदालतमा बढी मुद्दा पर्ने विषयमा तालीम दिइएको हो । कार्यालयले १५ दिनको पाठ्यक्रम बनाएर ३० वटा कक्षा सञ्चालन गर्ने गरेको छ ।

उहाँले अब तीन वर्षभित्र २५ जनाका दरले बाँकी छ वटा विषयमा तालीम दिइने बताउनुभयो । कार्यालयले विषयगत प्राथमिकताका आधारमा तालीम सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu