दाङ,१९ पुस । तुलसीपुर ११ जस्पुरका २ क्रियापुत्री छोरीहरुलाई तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।
आमा तारा विकको मृत्य पछि किरिया बसेका छोरीहरु आराधना र सदिक्षालाई घरमै पुगेर नगद १६ हजार ३ सय ५ रुपैंया सहयोग गरिएको छ । नगर उपप्रमुख माया आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
उपप्रमुख आचार्यले दुई बालबालिकालाई शिक्षामा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । छोरीले किरिया बस्नु हुन्न भन्ने गलत सामाजिक मान्यतालाई बदल्न सहास देखाउने किरियापुत्री बालिका प्रति सबैले सम्मान व्यक्त गर्नुपर्ने उपप्रमुख आचार्य बताउनुभयो ।
४० बर्षीया रा विकको दमका कारण मंगलवार मृत्यु भएपछि दुई छोरीहरु आराधना र सदिक्षाले दागबत्ति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्