ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी


admin
१९ पुस २०७५, बिहिबार   ११ : ४०   बजे

 

 साँखु, १९ पुस । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।

प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४-७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन ।

कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ ।

आफन्त र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि साँखुस्थित महानगरीय प्रहरी प्रभागले शङ्खरापुरका विद्यालयहरूमा लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानूनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।

अहिले आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिले यौनजन्य अपराधका घटना तथा हिंसा वृद्धि गराएको पाइएकाले यसबाट सचेत रहन के गर्ने र के–कस्ता गतिविधि गरे कानूनअनुसार दण्डित होइन्छ भन्ने विषयमा विद्यार्थीलाई सचेतना शिक्षा दिँइदै आएको उहाँको भनाइ थियोे ।

साँखु, पटाप, चाँपकोबोट, नाङ्गेभारे, सलम्बुटारलगायत क्षेत्रका नौ विद्यालयमा सो कक्षा सञ्चालन गरिएको र अन्य थुप्रै विद्यालयमा पनि कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

यस्ता कक्षा सञ्चालन भएपछि बालबालिकाले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

प्रायः माध्यामिक तहमा अध्ययनरत विद्यार्थी सानै उमेरमै लागु औषधकोे दुव्र्यसनमा फस्ने गरेको प्रहरीको भनाइ छ ।

यस्तो क्रियाकलापमा पक्राउ पर्नेमा १२ देखि २३ उमेर समूहका बालबालिका सहितका व्यक्ति रहेकाले पनि विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्ने शङ्खरापुर नगरपालिका समाजसेवी पुरुषोत्तम चौलागार्इंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group