ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवनस्तर सुधारको पर्खाइमा श्रमिक


admin
१९ पुस २०७५, बिहिबार   १२ : ०४   बजे

नेपालगन्ज, १९ पुस । बाँके जिल्लाका विभिन्न उद्योग, कलकारखाना र व्यावसायिक प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको अवस्थामा अझै सुधार आउन सकेको छैन ।

यहाँका उद्योगमा काम गर्ने श्रमिकले समयमा पारिश्रमिक नपाउनु, पारिश्रमिकको रकम पनि अत्यन्त न्यून हुनु, सुरक्षा प्रविधिको प्रयोगबिना नै काम गर्नुपर्नेलगायतका नियति भोग्दै आएका छन् ।

“उद्योगका मालिकले चित्तबुभ्mदो पारिश्रमिक दिँदैनन्, दैनिक १० घण्टा काम गर्नुपर्छ, कमाइको विकल्प नभएकाले बाध्य भएर श्रम गर्नुपरेको छ”, बर्दियाका रामबहादुर थारूको दुखेसो छ ।

बाँकेमा पेन्ट्स प्रालि, इण्डष्ट्रिज प्रालि, ग्रिल उद्योग, प्लाइउड, डिटरजेन्ट पाउडर उद्योग, प्लाष्टिक उद्योग, इँटाभट्टा, कुखुरा फार्मजस्ता दर्जनौँ उद्योग सञ्चालनमा छन् । यस्तै नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र अहिले ३१ उद्योग सञ्चालनमा छन् ।

यी सबै उद्योगमा काम गर्ने अधिकांश श्रमिकलाई सरकारले तोकेको सेवासुविधाका बारेमा खासै थाहा छैन । “खै के–के सुविधा बढायो त भन्छन्, तर हामीलाई थाहा छैन र त्यस्तो सेवासुविधा हामीले पाएका पनि छैनौँ”, श्रमिक अब्दुल मजिदको भनाइ छ ।

श्रम गर्नु श्रमिकको बाध्यता हो । साँझबिहान हातमुख जोड्नका लागि श्रम गरे पनि उनीहरूको अवस्थामा तात्विक सुधार भने आउन सकेको छैन । “श्रम गर्न शहर पस्नुपर्छ, यहाँ धेरै महङ्गी छ, कोठा भाडामा लिएर बस्नुपर्छ, आफूले काम गरेअनुसारको पारिश्रमिक नपाउँदा कमाइको पैसा जोगाउनै धौधौ छ”, बाँकेका करिङ्गा थारूले बताउनुभयो ।

सरकारले श्रमिकको मासिक तलब र सेवासुविधा अहिले बढाएको छ । तर, यहाँका अधिकांश उद्योगमा काम गर्ने श्रमिकले बढाएको तलब र सेवासुविधा पाएका छैनन् ।

कतिपयलाई त सरकारले तलब, सेवासुविधा बढाएको पनि थाहा छैन । थाहा पाउने श्रमिकमध्ये केहीले नेपालगञ्जस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी गरेका छन् ।

श्रम ऐन, २०४८ खारेज भएर अहिले नयाँ श्रम ऐन, २०७४ लागू भएको छ । सरकारले २०७४ भदौ १९ गतेदेखि नयाँ श्रम ऐन लागू गरेको हो । नयाँ ऐन लागू भएपछि श्रमिकको सेवासुविधा थपिएको छ । सरकारले पहिलेको न्यूनतम मासिक रु नौ हजार ७०० मा वृद्धि गरी रु १३ हजार ४५० तोकेको छ ।

नयाँ श्रम ऐनले दैनिक ज्यालादारीको मूल्य रु ५१७ र प्रतिघण्टाको रु ५९ कायम गरेको छ । तर, सरकारले नयाँ श्रम ऐनमा गरेको यो व्यवस्थाअनुसारको पारिश्रमिक अधिकांश उद्योगका मालिकले श्रमिकलाई दिने गरेका छैनन् ।

“नयाँ श्रम ऐनले व्यवस्था गरेको तलब, सुविधा नपाएको उजुरी आउने क्रम अहिले बढेको छ, हामी त्यसमा गम्भीर भएर कारवाही प्रक्रियामा अघि बढेका छौँ”, श्रम तथा रोजगार कार्यालय, नेपालगञ्जका प्रमुख हरिशरण चौलागाईंको भनाइ छ ।

अर्कोतर्पm, सरकारले ल्याएको सामाजिक सुरक्षा कोषअन्तर्गत फागुन १ गतेभित्र आफूलाई सूचीकृत गराइसक्नुपर्ने सूचना प्रदेश नं ५ सरकारले जारी गरेको छ । बाँके जिल्ला प्रदेश नं ५ मा पर्ने भएकाले यहाँका ट्रेड युनियनसम्बद्ध संस्थाले श्रमिकको अहिलेको अवस्थाका बारेमा पनि चाख राख्न थालेका छन् ।

“नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोष पूर्णरूपमा कार्यान्वयन आयो भने श्रमिकका जोखिम हट्छन् र उनीहरूको जीवनस्तरमा सुधार आउँछ”, नेपाल ट्रेड युनियन काङ«ग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लको विश्वास छ ।

सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले श्रमिकको सेवासुविधामा वृद्धि, जीवन बीमा, दुर्घटना बीमा तथा आपतकालीन सेवालाई बढावा दिनुका साथै त्यसलाई व्यवस्थित गरेको छ ।

यो व्यवस्थाको सफल कार्यान्वयन हुनसक्यो भने नेपालका श्रमिकको अहिलेको दयनीय अवस्था अन्त्य भई उनीहरूको जीवनमा गतिशील परिवर्तन आउनसक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group