ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका अझै श्रममा जान बाध्य


admin
१९ पुस २०७५, बिहिबार   १ : ०७   बजे

घोराही, १९ पुस । घोराही उपमहानगरपालिकाको सहकार्यमा लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गरिरहेको हिमालय शान्ति तथा विकास अभियान (हिप्डेक)ले छ जना बालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको छ । हिप्डेकले केही दिन अघि १४ जना बालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको थियो ।

हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमका अनुसार परिवारसँगै फर्काइएका बालबालिकालाई शैक्षिक सामग्री र आयआर्जनका लागि परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

उद्धार गरिएका अधिकांश बालश्रमिक ग्यारेज, होटल, गाडी धुलाई, जुत्तापसल जस्ता क्षेत्रमा काम गर्छन् । धेरैजसो बालबालिका होटेलमा काम गर्दै गरेको अवस्थामा भेटिने गरेका छन् ।

पुनःस्थापनाको क्रममा अधिकांशको परिवारमा समस्या हँुदा बालबालिका काममा आउनुपर्ने बाध्यतासमेत देखिएको छ । बाबु आमाले बेवास्ता गर्नु, आर्थिक अवस्था नाजुक हुनु, आमाबाबु नहुनु, भए पनि गैर जिम्मेवार हुनु, पारिवारिक बेमेल हुनुलगायतका समस्यााले बालबालिका काम गर्न बाध्य हुने गरेको संयोजक गौतमले बताउनुभयो ।

“गरीब परिवारका अभिभावक दिनरात जाँडरक्सी खाने र बालबालिकालाई कुटपिट गर्छन् । शिक्षा, स्वास्थ्य, खानपिनमा ध्यान नदिँदा बालबालिका काममा आउने गरेको भेटिन्छ”, उहाँले भन्नुभयो, “त्यसमा पनि केही अभिभावकले त बालबालिकालाई काममा लगाएर त्यसबाट आएको पैसाले जाँडरक्सी खाने वा घर खर्च चलाउने गरेको पनि देखिएको छ ।”

युनिसेफको आर्थिक सहयोग र घोराही उपमहानगरको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको संस्था हिप्डेकले सन् २०१६, ०१७ र ०१८ मा धेरै बालश्रमिकको विवरण सङ्कलन गरेको छ भने केहीलाई पुनःस्थापना समेत गरेको छ । सन् २०१६ मा ४६०, सन् २०१७ मा ३०५ र सन् २०१८ मा १९३ श्रमिक बालबालिका घोराही क्षेत्रमा भेटिएका थिए ।

संस्थाका कोषाध्यक्ष दुर्गालाल केसीका अनुसार विगत तीन वर्षको अवधिमा संस्थाले ३१८ बालश्रमिकको विवरण निर्माण, २०१ को घटना व्यवस्थापन, १२५ लाई विद्यालय भर्ना, शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको थियो । त्यस्तै ११७ बालश्रमिकलाई मनोसामाजिक परामर्श, १०३ को उद्धार तथा पुनःस्थापना, ९४ बालश्रमिका परिवारलाई आर्थिक साहयता र परामर्श दिइएको थियो ।

बाल अधिकारकर्मी एवं पत्रकार केसीका अनुसार हिप्डेकले सन २०१३ मा युनिसेफको आर्थिक सहयोगमा गरेको सर्वेक्षणमा घोराहीमा मात्र ८४८ बालश्रमिक भेटिएका थिए । अहिले २०१८ मा आइपुग्दा घोराही बजारमा ८५ बालश्रमिक भेटिएका छन् । तथ्याङ्कले घोराही बजार क्षेत्रमा बालश्रमिक घटेको तर निर्मूल हुनसकेको देखाएको छ ।

उपमहानगरपालिकाले सबै वडालाई बालमैत्री बनाउने तयारी गरिरहेको छ तर पारिवारिक समस्याले बालबालिका श्रममा लाग्न थालेपछि उनीहरूको पुनःस्थापना, शिक्षा, स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने बालश्रमिक न्यूनीकरणको लागि उपमहानगरले धेरै प्रयास गरिरहेको बताउनुभयो । सबै वडामा बालसञ्जाल गठन गर्नेदेखि बालविवाह न्यूनीकरण, बालबालिकाको गाँसबाससँगै शिक्षा, स्वास्थ्यको अधिकारबारे पनि सचेतनाको कार्यक्रम भइरहेको उहाँको भनाइ छ ।

उहाँले आगामी दिनमा बालबालिकालाई काममा लगाउने अभिभावक र काममा राख्ने मालिकलाई नै कारवाही प्रक्रिया थालेर भए पनि बालश्रम शून्यमा झार्ने लक्ष्य रहेको बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले वडालाई बालमैत्री बनाउने, बालविवाह, लैङ्गिक हिंसा, छुवाछूत, दाइजो, कमलरी, बालश्रम, मानव बेचबिखनजस्ता कुरीतिको अन्त्य गर्ने, गराउने काम गर्नुपर्ने भन्ने उल्लेख गरेको छ । त्यस्तै सडक बालबालिकाको उद्धार र पुनःस्थापनाका लागि लगत सङ्कलन गर्ने जिम्मेवारी तोकेको छ ।

ऐनमा बालश्रम, बालविवाह र जन्मदर्तासम्बन्धी चेतनामूलक सामग्री प्रकाशन र वितरण गर्नुपर्ने, बालबालिका, शिक्षक र अभिभावकलाई बाल संरक्षणसम्बन्धी अभिमुखीकरण गर्नुपर्ने, बालश्रमिक उद्धार समितिको बैठक बसी उद्धार र पुनःस्थापनासम्बन्धी योजना तय गर्नुपर्ने, समुदाय तहमा बाल संरक्षणसम्बन्धी चेतनामूलक भिडियो प्रदर्शनी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group