ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन सरकारसँग माग


admin
१९ पुस २०७५, बिहिबार   १ : ३०   बजे

काठमाडौं,१९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्नु भएको छ ।

नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले सो आयोजनाको काम अघि नबढाउँदा पनि कुनै कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नु भयो ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जिएमआर कम्पनीले सो आयोजनाको काम अघि बढाउन ठेक्का पाएपनि सो सम्झौता अनुसार काम गराउने काममा सरकार गैरजिम्मेवार भएको आरोप पनि लगाउनु भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आएका बेला सो सम्झौता अघि बढाउन प्रतिवद्धता जनाएको भएपनि त्यसलाई अघि बढाउन नसकेकोमा नेता रावलको आपत्ति छ ।

नेता रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने सम्झौंता गरिएको ६८ महिना १५ दिन वित्दा पनि सो सम्झौंतामा उल्लेख गरिएको सर्त अनुसार जिएमआर कम्पनीले काम अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न पनि सरकारसँग माग गर्नु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता रावलले जिएमआर कम्पनीसँग गरिएको सम्झौता अनुसार सो आयोजनाको वित्तिय व्यवस्थापन गर्न ढिलाई गरेकोमा पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

९ सय मेघावाट क्षमताको सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन जिएमआर कम्पनीसँग २०७१ साल असोज ३ गते गरिएको सम्झौंता कार्यान्वयनमा नआएपछि सत्तारुढ नेकपाका नेता रावलले असन्तुष्टि जनाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group