ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषध चरेससहित दुई भारतीय पक्राउ


admin
१९ पुस २०७५, बिहिबार   ३ : ०१   बजे

धादिङ, १९ पुस । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेको हो ।

एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu