चितवन,१९ पुस । चितवनमा विभिन्न चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखा गौरीशंकर गाउँपालिका वडा ८ बस्ने २३ वर्षिय सुनिल तामाङ, बाँके नेपालगन्ज बस्ने २५ वर्षिय युनिश सुनार, र जिल्ला मकवानपुर हेटौंडा बस्ने २५ वर्षिय सुजन गोलेलाई पक्राउ गरिएको हो । भरतपुर महानगरपालिका वडा नं११ बस्ने ईमानसिँह उपरकोटीको घरमा राखेको तामाको गाग्री थान २, ढलोटको भाँडा थान २ चोरी गरेका छन ।
घटनामा सँलग्न व्यक्तिहरूको खोज तलास गर्ने क्रममा पुस ९ र११ गते पक्राउ गरी चोरी गरेको गाग्री र भाँडा समेत बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच सहकारीबाट नगद चोरी गर्ने एक जनालाई पक्राउ गरिएको छ ।चोरी गर्ने माडी नगरपालिका वडा नं .२ बस्ने १८ वर्षिय सम्भव परियारलाई पक्राउ गरिएको हो ।
माडी नगरपालिका वडा नं.२ भैरवपुरमा रहेको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाको ताला फोडी अफिसको कोठाको घर फुटाई नगद रु १९,२००, माडी नगरपालिका वडा नं.१ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको ढोकाको ताला फोडी कोठामा प्रवेस गरी नगद रू १,११,०००र,ल्यापटप थान १ र क्यामरा १ थान चोरी भएको छ । परियारलाई चोरी मुद्या दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी कानूनी कारवाही अगाडी बढाईएको जनाएको छ ।
यसैगरी ईच्छाकामना गाउँपालिका वडा नं.७ बस्ने ईन्द्र बहादुर भुजेल घरबाट सामसुम मोवाईल चोरी गर्ने ईच्छाकामना गाउँपालिका वडा नं.७ बस्ने ३५ वर्षिय समिर श्रेष्ठ र भरतपुर महानगरपालिका वडा नं.११ बस्ने १८ वर्षिय बिकाश परियारलाई पक्राउ गरिएको छ ।
उनिहरुलाई पक्राउ गरी मोबाईल समेत बरामद गरी चोरी मुद्यामा कारवाही अगाडी बढाईएको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्