ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा


admin
२० पुस २०७५, शुक्रबार   १२ : ४६   बजे

बैतडी, २० पुस । पछिल्लो समयमा बढ्दै गएका साइबर अपराधका घटनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान चलाएको छ । जिल्लाका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्तर्गत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।

कार्यक्रमअनुसार प्रहरी विद्यालयमै पुगेर विद्यार्थीलाई विभिन्न विषयमा जनचेतनामूलक कक्षा पनि सञ्चालन गरिएको छ । जिल्लाका सबै विद्यालयमा यो कार्यक्रम गर्ने बताइएको छ ।

विद्यालय र विद्यार्थी धेरै ठाउँमा सूचना आदानप्रदान गर्ने एउटा राम्रो माध्यम भएकाले विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ । कक्षमा लागुऔषधका असर, नराम्रो कार्यको असरबारे जानकारी दिने गरिएको छ ।

प्रहरीले सञ्चालन गरेको कक्षाबाट विद्यार्थीले साइबार अपराधका साथै सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे पनि जानकारी प्राप्त गरेका छन् ।

इन्टरनेट सेवाको प्रयोगमार्फत व्यक्तिको चरित्र हत्या गर्ने, हिंसा फैलाउने, प्रलोभनमा पार्ने, अर्काको पहिचान अनधिकृतरूपमा प्रयोग गर्ने, ‘क्रेडिट कार्ड एकाउण्ट’ चोरी गरी बैङ्किङ कसुर गर्ने, अर्काको कम्प्युटर तथा त्यसको ‘नेटवर्क’मा क्षति पु¥याउनेलगायत कार्य साइबर अपराधभित्र पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group