ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण


admin
२० पुस २०७५, शुक्रबार   १ : ५५   बजे

काठमाडौं,२० पुस । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।

बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पु¥याउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो ।

नेविसङ्घले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिनुभयो । नेविसङ्घ अहिले महाधिवेशनमय हुँदै गएको उहाँको भनाइ छ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसङ्घले काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu