ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान


admin
२० पुस २०७५, शुक्रबार   २ : १५   बजे

काठमाडौं,२० पुस । मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ ।

वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ ।

भेलाले श्रीहरी पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित वाग्मतीको मुहान क्षेत्र नगरपालिकाको वडा नं १ मै पर्छ ।

समितिका अध्यक्ष पोखरेलले मुहान क्षेत्रदेखि नै फोहर हाल्न नदिन नागरिक संस्थाका रुपमा खबरदारी गर्ने बताउनुभयो । वडा अध्यक्ष राम मानन्धरले वाग्मती सफाइ अभियानलाई नगरपालिकाले नमूनाका रुपमा अघि बढाउने बताउनुभयो ।

मञ्चका संयोजक उत्तम पुडासैनीले स्वाभिमान र आत्मसम्मानलाई जोगाउने हो भने सफा नेपालका लागि घर घरबाट अभियान चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत विकास समाजका सञ्चार विज्ञ निमेश रेग्मी लगायतका वक्ताले सफाइ अभियानलाई पहिलो प्राथमिकताका रुपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–९ मा नगरस्तरीय सरसफाइ समितिको नाममा मञ्चको वडासमिति गठन भएको छ । नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनी सिङ्खडाको उपस्थितिमा भेला भएको थियो । घरघरबाट सफाइ अभियान शुरु गरिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा वडाअध्यक्ष कुन्दन खड्काले सफाइ अभियानमा वडालाई नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो । भेलाले वडा सदस्य डोलनाथ पोखरेलको संयोजकत्वमा नयाँ वडा समितिसमेत गठन गरेको छ । दुबै वडामा गठन भएका समितिले वडास्तरमै नदीमा फोहर नगर्न जनचेतनामूलक अभियान चलाउने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group