काठमाडौं,२० पुस । सिन्धुपाल्चोक बाँडेगाउमा रहेको रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ ।
तपस्वीका रुपमा चिनिँदै आएका बम्जनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँगको समन्वयनमा खानतलासी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका एक अधिकारीले भने, आश्रममा खानतलासी गरिरहेका छौँ, अहिले केही पनि भन्न मिल्दैन। बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट अनुमति लिएर प्रहरीले छापा मारेको बताइएको छ । बम्जनमाथि तीन आनी बेपत्ता र अनुयायीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्