ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी


admin
२० पुस २०७५, शुक्रबार   ३ : ४२   बजे


काठमाडौं,२० पुस । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८-६९ मा नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै रु सात अर्बभन्दा बढी नाफा पु¥याएको छ ।

प्राधिकरणको २०औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आव २०७३-७४ सम्मको कूल सञ्चित नाफा सरकारलाई बुझाउने लाभांशबापतको रकम कट्टा गरेपछि रु सात अर्ब ३७ करोड ५६ लाख पुगेको छ ।

सो नाफाको आधारमा महालेखा परीक्षकबाट प्रमाणित आव २०७२/७३ सम्मको वित्तीय विवरणबमोजिम सरकारको शेयर लगानीको लाभांशबापत छुट्याइएको रकम रु एक अर्ब ६३ करोड ५६ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आव २०७४-७५ मा रु छ अर्ब २३ करोड ५९ लाख आम्दानी गरेको छ । उक्त आवका लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु पाँच अर्ब ४९ करोड ४३ लाख प्रक्षेपण गरेकोमा रु ७४ करोड १६ लाख वृद्धि भई रु छ अर्बभन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

चालू आव २०७५-७६ मा प्राधिकरणले रु ३८ अर्ब ११ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये पूँजीगत खर्चतर्फ ३४ अर्ब २५ करोड चार लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड ६५ लाख निर्धारण गरिएको छ ।

आव २०७४-७५ मा क्यानले पूँजीगत खर्चतर्फ रु ३२ अर्ब ६५ करोड १४ लाख र कार्य सञ्चालनतर्फ रु तीन अर्ब ५३ करोड १५ लाख गरी जम्मा रु ३६ अर्ब १८ करोड २८ लाख व्यय अनुमान गरिएकोमा पूँजीगत खर्च १७ अर्ब तीन करोड ९४ लाख र कार्य सञ्चालन खर्च रु दुई अर्ब २२ करोड ८० लाख गरी जम्मा रु १९ अर्ब २६ करोड ७५ लाख खर्च भएको क्यानले जनाएको छ ।

चालू आव २०७५/७६ को स्रोततर्फ आम्दानी रु पाँच अर्ब ९६ करोड ९३ लाख, विमानस्थल विकास शुल्क रु दुई अर्ब ६४ करोड ५० लाख एवं ऋण, शेयर तथा अनुदानबाट रु २० अर्ब ८५ करोड गरी जम्मा रु २९ अर्ब ४६ करोड ४३ लाख हुने अनुमान गरिएको क्यानले जनाएको छ ।

प्राधिकरणले मूल्यअभिवृद्धि कर, साँवा ब्याज भुक्तानी र लाभांशबापतको रकम गरी जम्मा रु तीन अर्ब २४ करोड ८९ लाख सरकारलाई भुक्तानी गरी राजश्वमा उल्लेखनीय योगदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu