ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलङ्कीमा बस बिसौनी व्यवस्थित गर्न माग


admin
२१ पुस २०७५, शनिबार   ३ : ३८   बजे


काठमाडौं,२१ पुस । कलङ्की भएर काठमाडौँ भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ ।

विगतमा कलङ्की, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की क्षेत्रको सडक स्तरोन्नति तथा विस्तार पछि सीतापाइलामा पु¥याइएको छ ।

बस बिसौनीलाई टाढा पु¥याउँदा सोही क्षेत्रमा ओर्लनुपर्ने यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने र करीब १५० स्थानीय होटल तथा अतिथि गृह बन्द हुने अवस्थामा पुगेका छन् । सीतापाइला क्षेत्रमा बस बिसैनी बनाउँदा काठमाडौँ उपत्यका बाहिरबाट आउने अतिथिलाई खान, बस्नका लागि आवश्यक पूर्वाधारको अभाव देखिएको छ ।

कलङ्की होटल एण्ड गेष्ट हाउस एशोसिएशनले जनप्रतिनिधि तथा सरोकार पक्षसँग छलफल गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय जनतालाई लाभान्वित हुने कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो क्षेत्रमा विभिन्न तह र वर्गलाई समेट्ने अतिथि गृहको पूर्वाधार तयार भइसकेकाले पाहुनाका लागि उपयुक्त वासस्थान मानिन्छ । कलङ्कीबाट बिहान चाँडै गाडी छुट्ने हुँदा टाढाका यात्रु आएर वास बस्ने गरेका छन् ।

सबै दृष्टिकोणले ग्राहकको लागि उक्त क्षेत्र सुविधायुक्त भएका कारण बस बिसौनी टाढा राख्न नहुने एशोसिएशनका अध्यक्ष मोहिणिप्रसाद आचार्यले विचार व्यक्त गर्नुभयो ।

नागढढुङ्गा–कलङ्की सडक खण्ड विस्तारको काम फागुनमा पनि नसकिने पक्कापक्की भएको छ ।

मुआब्जा विवाद रहेकाले सो क्षेत्रका घरलाई नचलाई सडक विस्तारको काम टुंग्याउने गरी मन्त्रिपरिषदले निर्णय गरेपछि यसको निर्माणमा ढिलाई देखिएको हो ।

कलङ्की थानकोट, नागढुङ्गा नाका हुँदै उपत्यका बाहिरिने तथा भित्र प्रवेश गर्ने सवारीको चापले गर्दा कलङ्कीमा अत्यधिक सवारी जाम हुने गरेको छ ।

त्यसैगरी चक्रपथ परिक्रमा गर्ने स्थानीय सवारीको चापले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको ट्राफिक अधिकृत विमल थापाले जानकारी दिनुभयो ।

उहाँले सरोकार पक्षको माग र यात्रुको सहजतालाई ध्यान दिएर बस बिसौनी हेरफेर गर्न सकिने बताउनुभयो । स्थानीय खसी बजारदेखि बाफलसम्म ८४० मिटर क्षेत्रफलमा निर्माण गरिएको अन्डरपासले सो क्षेत्रमा जाम कम हुने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group