ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु


admin
२१ पुस २०७५, शनिबार   ४ : ४१   बजे

रुपन्देही, २१ पुस । बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु गरिएको छ ।

एघार सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन शुरु भएको हो ।

लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिनुभयो ।

यहाँ कति प्रजातिका वनस्पति छन् भन्ने विषयमा अध्ययन जरुरी छ,उहाँले भन्नुभयो, “अध्ययनपछि बुद्धकालीन वनस्पतिका बारेमा समेत थाहा हुनेछ । ”
लुम्बिनीमा वृहत वृक्षरोपण (फलफूलका बिरुवा) अभियान शुरु भएकाले यहाँ हाल रहेका फलफूल तथा वनस्पतिको अवस्था, लुम्बिनीको माटोमा हुर्किन सक्ने फलफूल तथा रुख बिरुवाका साथै तीनको संरक्षणका उपाय वनस्पति विज्ञले पत्ता लगाउने छन् ।

लुम्बिनीमा अहिले १५० प्रजातिका वनस्पति पाइने वनस्पति शाखा अधिकृत सब्बिर खाँन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“अहिले नयाँ वनस्पति थप भए नभएको बारे अनुसन्धान थालेको छौ ।”हालसम्म लुम्बनीमा १२ प्रजातिका बुद्धकालीन समयका बिरुवा वनस्पति विज्ञ अच्युत तिवारी जानकारी दिहुन्छ । यहाँ बुद्धकालीन समयका महत्वपूर्ण वनस्पति भेटिएका छन् ।

उहाँ भन्नुहुन्छ, “ती यही उत्पादन भएका हुन कि बाहिरबाट ल्याएर लगाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”यहाँ रुख बिरुवा हुर्काउनका साथै जलचर प्राणीको वासस्थान विस्तार गर्न विकास कोष क्षेत्रभित्र १० वटा ठूला पोखरीको निर्माण समेत शुरु भएको छ ।

हाल रहेका वनस्पतिको संरक्षण गर्दै थप कति प्रजातीका वनस्पति हुर्किन सक्छन् भन्ने विषयमा विज्ञहरुले अध्ययन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा हाल आँप, पिपल, सिसौ, जामुन, निमलगायत वनस्पति र मृग, निलगाई, बँदेल, कछुवा, सर्प, लोखर्के पाइन्छन् । साथै सारस लगायत जलचर, थलचर जीव जन्तु तथा पक्षी पनि छन् ।

लुम्बिनी चराचुरुङगीका लागि समेत उपयुक्त वासस्थान मानिन्छ । यहाँ सारस कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुडिफोर, घोगीफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, लामोऔले, मरुल, जलअप्सरा, छुट्टिच्याउँ, टमटमे, आँसीठुडे, पानीचाहा र तोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले,साइबेरीयन रुबि, रानीचरी, लगायतका २२२ प्रजातिका चरारा पाइन्छन् ।

वनस्पति र जीवजन्तुलाई संरक्षण गर्नसकेमा मात्र जैविक विविधताको संरक्षण गर्न सकिने भएकाले तिनको संरक्षणमा ध्यान दिन आवश्यक रहेको वनस्पतिविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group