चितवन, २२ पुस । कुरिनटारमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गरेको ना ६ ख २३८१ नम्बरको ट्रकले सोही दिशातर्फ आउदैँ गरेको बा ७१ प ६४ नम्बरको मोटरसाईकललाई चितवनको इच्छाकामना ४ कुरिनटारमा ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार महिलाको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक सामान्य घाईते भएका छन् । अहिले राजमार्ग अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्