नवलपरासी,२२ पुस । नवलपरासीको रजहर जेसीजको पाचौ साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा सन्तोष थापालाई सर्वसम्मत चयन गरेको छ ।
रजहर जेसीजका पुर्व अध्यक्ष चित्र ध्वज जि .सिले नवनियुक्त अध्यक्ष सन्तोष थापा सहित नवनिवार्चितलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । समितीको कार्यकारिणी उपाध्यक्षमा राजु केसी,दुर्गा प्रसाद काफले चयन भएका छन ।
यस्तै रजहर जेसीजको चार उपाध्यक्षमा बिक्रम कोइराला, नितु क्षेत्री,कृष्ण भुर्तेल ,कृष्ण लिम्बु चयन भएका छन । त्यस्तै मनोनिततर्फ महासचिवमा हरि सापकोटा कोषाध्यक्षमा बिन्दु क्षेत्री कानुनी सल्लाहकारमा राजन गौतमलाई चयन भएका छन ।
अध्यक्ष थापाले रजहर जेसिज लाई उचाइमा पुर्याउन सक्दो प्रयास गरिरहने भन्दै आफनो कार्यकाल भरी समाजिक सेवामा आफनो विषेश ध्यान हुने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा रजहर जेसीजका पूर्व अध्यक्ष र सदस्यहरु, सामाजिक अभियन्ता, शुभेच्छुक लगायत विभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्