गुल्मी,२२ पुस । गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लाका कृष्ण घर्ति बन्दुक सहित पक्राउ परेका छन् ।
गत १९ गते उनलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले जानकारी दिए । आरोपित घर्तिलाई हात हतियार तथा खरखजना मुद्यामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको खड्काले बताए ।
त्यस्तै शनिबार गुल्मीकोे इस्मा गाउँपालिका ५ रजस्थलमा बेवारिस अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । स्थानीय ओढारको प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीलाई शुक्रबार राति जंगलमा शिकार खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि त्यस स्थानमा खोज्दै जाँदा बन्दुक फेला परेको हो । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक खड्काको नेतृत्वमा प्रहरी टोली इस्मा पुगेको थियो ।
स्थानीयहरुले प्रहरी आएको थाहा पाएर भाग्ने क्रममा बन्दुक छाडेर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्