चितवन २३ पुस । उद्योग बाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाद्धारा निर्माण गरिएको चितवन महोत्सवको फर्न पार्क नाम दिईएको बाल उद्यान कमिशनको खेल सुरु भएको छ । यहि २५ देखि ५ गते सम्म हुने महोत्सवमा बालउद्यानमा कमिशनको खेल सुरु भएको आरोप लागेको हो ।
महोत्सव परिसरमा राखेको बाल उद्यान सञ्चालनमा नीतिगत प्रक्रियामै खराबी रहेको र कमिशनको खेलभएको भन्दै निर्वतमान अध्यक्षसहित उद्योगी ब्यवसायीहरुले बिरोध जनाएका छन् ।
सम्झौता बिनानै काम सुरु भईरहेको र टेण्डर आव्हान गर्दा न्यूनतम रकम उल्लेख नगरि ब्यवसायीले आफुखुसी रकम उल्लेख गर्न पाउने गरि टेण्डर आवहान भएको र त्यो पनि टेण्डर पाएको कम्पनीले नभइ अर्कै कम्पनीले सम्झौता बिनै त्यहाँ उद्यान निमार्णको काम गरिरहेको उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष राजन गौतमले जानकारी दिए ।
सम्झौता नै नभइ, टिकट, वीमाका कुरा देखि अन्य कुनै पनि प्रक्रियागत गर्नु पर्ने काम नै नगरी सीधै बिगतमा काम गर्दै आएको भारतीय नागरिक अर्जुन चौधरीलाई पुनः दिईनु र त्यसका लागि आवश्यक प्रक्रिया आजका मिति सम्म पनि नहुनु आफैमा दुखद र कमिसनको खेल भएको आफुले गौतमले बताए ।
नारायणी नदीमा जल बिहारका लागि टेण्डर गर्दा न्यूनतम रकम उल्लेख गरिनु तर फर्न पार्क नाम दिईएको बाल उद्यान जस्तो करोडौ रकम आउने ठाउँको टेण्डर गर्दा न्यूनतम रकम नराखिनु नीतिगत तवरबाटै उनै चौधरीलाई टेण्डर दिने र कमिसन खाने डिजाइनले बोलपत्र आव्हान भएको ब्यवसायीहरुले दाबी गरेका छन् । फर्न पार्क सञ्चालनको लागि आफुहरुले कानुन सम्मत निर्णय गरेको र बुटवलबाट चितवन सामान ल्याउदा ढिला भएकाले सम्झौता भने गर्न नसकिएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहन लाल प्रधानको प्रष्टोक्ति छ ।
आयोजक रहेको भरतपुर महानगरले भने न्यूनतम रकम उल्लेख नै नगरी टेण्डर आव्हान गर्न नमिल्ने र उद्योग बाणिज्य संघ चितवनको टिमलाई बोलाएर छलफल गर्ने बताएको छ । त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बोलपत्र आव्हान गर्दा न्यूनतम रकम उल्लेख हुनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्